छापा खबर


एसईई नतिजाः कुन जीपीए ल्याउनेले के पढ्न पाउँछन् ?

एसईई नतिजाः कुन जीपीए ल्याउनेले के पढ्न पाउँछन् ?

नेपालखबर
असार १३, २०७६ शुक्रबार १:५१,

२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन्। तर संकायअनुसार तोकिएको विषयमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ।

विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ। सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ।

व्यवस्थापन संकायका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

मानविकी संकायतर्फ पढ्न अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस ल्याएकै हुनुपर्छ । शिक्षा संकायका लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ।

शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएकाले साधारणतर्फ पनि कक्षा ११ मा अध्ययन गर्न पाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad