आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रुपमा व्याख्या गरेको छ।
चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रुपमा लिन्छ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार बेसारमा हाम्रो शरीरलाई आवश्यक पर्ने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ।
बेसारलाई तरकारीमा मसलाको रुपमा प्रयोग गरिन्छ।
दूधमा बेसार मिसाएर खाँदा रुघाखोकी सन्चो हुन्छ। महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ।
एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ।
बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाइ लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छ।
मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ।
बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ।

प्रतिक्रिया