ad ad

छापा खबर


यसकारण लम्बिँदै छ माथिल्लो तामाकोशी

यसकारण लम्बिँदै छ माथिल्लो तामाकोशी

नेपालखबर
पुस २८, २०७६ सोमबार २:४०,

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ।

आयोजनाको सबैभन्दा कठिन मानिएको ३७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३१० मिटरको माथिल्लो भर्टिकल सुरुङमा पेनस्टक पाइप राख्ने काममा ढिलाइ भएसँगै तामाकोसी आयोजनाको उत्पादन मिति पनि पछि धकेलिने भएको हो।

यो खबर आजको गोरखापत्र दैनिकमा दोलखाबाट कैलाश लामाले लेखेका छन्।

पटक–पटक विद्युत् उत्पादनको कार्यतालिका संशोधन गर्दै आएको यो आयोजनाले चैत अन्तिममा पहिलो युनिट र चालू वर्षभित्र छवटै युनिटबाट उत्पादन थाल्ने भनिए पनि भर्टिकल सुरुङमा पेनस्टक राख्ने काममा ढिलाइ भएकै कारण आयोजना फेरि कार्यतालिका संशोधनको बाध्यात्मक अवस्थामा पुगेको हो।

करिब पाँच महिनाको प्रयासपछि गत असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न सफल भएकोमा पुस चौथो सातासम्ममा तल्लो भर्टिकल साफ्टमा १९० मिटर र माथिल्लोमा ९० मिटर पाइप जडान सकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

सात महिनाको अन्तरालमा २८० मिटर पेनस्टक पाइप जडान गर्न सफल आयोजनाको काम यही गतिमा अघि बढ्ने हो भने बाँकी ४०३ मिटर मिटरको भर्टिकल सुरुङको काम सक्न अझै एक वर्ष लाग्छ तर जडानका क्रम बढ्दै जाँदा कामको गति पनि बढ्ने उनको भनाई छ।

हालसम्म अस्ट्रियन कम्पनी एन्ड्रिजले तल्लो भर्टिकल साफ्टमा ५० दशमलव ९ प्रतिशत पेनस्टक जडान सम्पन्न गरेको छ भने भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो भर्टिकल साफ्टमा २९ दशमव ३ प्रतिशत मात्र पेनस्टक जडान सम्पन्न गरेको छ।

दुवै कम्पनीले गरी कुल जडान गर्नुपर्ने ६८३ मिटर पेनस्टक पाइपमा हालसम्म ४० दशमलव ९ प्रतिशतमात्र पेनस्टक जडान सम्पन्न गरेका छन्।

पाँच मिटर लम्बाइ र २७ टन तौलसम्मका पेनस्टक पाइप ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .