ad ad

छापा खबर


प्रदेश २ का मुख्यमन्त्रीले उपमेयरलाई ए..ए..चुप भनेपछि...

प्रदेश २ का मुख्यमन्त्रीले उपमेयरलाई ए..ए..चुप भनेपछि...

नेपालखबर
पुस २८, २०७६ सोमबार २:५,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्।

प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्।

बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखले आआफ्ना समस्या राखिरहेका थिए। मुख्यमन्त्रीले उनीहरुको समस्या सुनिरहेका थिए।

उपमेयर प्रधानले आफ्नो नगरपालिकाको समस्या राख्न पालो कुर्दै थिइन्। मेयरले बोलिरहेका थिए। धेरै समय कुर्दा पनि उनले बोल्न माइक पाइनन्। त्यसपछि उनले हलबाट भनिन्,‘यता माइक दिनुस्।’ मुख्यमन्त्रीले मञ्चबाट भने, ‘पर्खिनुस्।’

उपप्रमुख प्रधानले माइक मागिरहिन्। त्यसै क्रममा मुख्यमन्त्रीले भने, ‘ए..ए.. चुप !’ त्यसपछि उनी कुर्सीमा बसिन्। उनले माइक पाइनन्।

केही समयपछि प्रधानको हातमा माइक पुग्यो। ‘तपाईं मलाई सम्मान गर्नुस् वा नगर्नुस्, म तपाईंलार्ई सम्मान गर्छु। हजुर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ,’ उपप्रमुख प्रधानले मुख्यमन्त्रीलाई भनिन्, ‘पुरुषलाई हामी ९ महिना कोखमा राखेर जन्मदिन्छौं। हुर्काउँछौं। तपाईहरुको जन्म र संरक्षण हामी महिलाले गर्छौँ तर तपाईंहरु हामीलाई सधैं अपमान गर्नुहुन्छ?’ उनले उनले आक्र्रोश पोखिन्।

प्रदेश २ मा बढेको भ्रष्टाचारप्रति मुख्यमन्त्रीलाई झटारो हान्दै उनले थपिन्, ‘कानुन थाहा छैन भनेर हामी सबैले लुटिराखेका छौं। हामी सबै लुटेरा हौँ।’

प्रधानले पाँच मिनेट बोल्दा बढी समय मुख्यमन्त्रीले आफूमाथि गरेको अपमानविरुद्ध नै उनले आक्रोश व्यक्त गरिन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा राजकरण महतोले लेखेका छन्।

उनको आक्रोश सुनेपछि मुख्यमन्त्री संम्यम भएर प्रस्तुत भए। ‘धन्यवाद उपमेयरज्यू’, मुख्यमन्त्री राउतले भने, ‘ईश्वरले तपाईंलाई तागत दिउन्, मेयरसँग लडेर अधिकार लिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .