छापा खबर


सर्लाहीमा श्याम परदेशीभन्दा खुंखार साहुकार फेला, न्याय माग्दै पीडित काठमाडौँमा

सर्लाहीमा श्याम परदेशीभन्दा खुंखार साहुकार फेला, न्याय माग्दै पीडित काठमाडौँमा

नेपालखबर
पुस २३, २०७६ बुधबार ०:३०,

लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन्।

सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र वीरेन्द्र ओलीले लेखेका छन्।

राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाडौँ आएको छ।

ऋण दिँदा उनीहरुले बन्धकी मात्र होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिएका छन्। सर्लाही आसपासका १५ सय परिवार उनीहरुबाट पीडित छन्।

जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने रामबाबु रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य हुन्। सञ्जय रौनियार गत निर्वाचनमा नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए। उनीसँग भारती नागरिकता पनि छ।

रामबाबु रायले रामप्रवेश महतोलाई ८ लाख ६२ हजार लिएका थिए। त्यसको साउँ व्याज गरी उनले ५१ लाख असुल गरे। तर, ऋण चुक्ता नभएको भन्दै जग्गा नै कब्जा गरेका छन्।

सलार्हीको बागमती–७ राजघाटका ४५ वर्षीय जवाहर साहले जग्गा खरिद गर्दा १० लाख ऋण लागेको थियो । ३६ प्रतिशतका दरले ब्याज तिर्नुपथ्र्यो ।

चर्को ब्याजबाट मुक्ति पाउन उनले साहुकार रायसँग १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर ०६८ मा १२ लाख ५० हजार ऋण लिए । साहुकार रायले २३ लाखको कपाली तमसुक पनि बनाए । ब्याजको दर ३६ प्रतिशत तोके।

ठेक्कामा जग्गा लिएर खेती गर्ने साहले कमाएजति रकम बन्धकी राखेको जग्गा फिर्ता गर्न साहुकार रायलाई बुझाउँदै गए । ८ भदौ ०७१ सम्म उनले १७ लाख बुझाइसकेका थिए ।

जग्गा फिर्ता लिन जाँदा थाहा पाए बन्धकी राखेको जग्गा त साहुकार रायले पहिला नै २२ लाख ८८ हजारमा अर्कैलाई बेचिसकेका रहेछन् । साह छाँगाबाट खसेझैँ भए । तैपनि साहुकारका अगाडि निरीह बने । जग्गा फिर्ता पाउने आस मरेपछि उनले २३ लाखको कपाली तमसुक च्यातिदिन आग्रह गरे । तर, साहुकार रायले साढे १२ लाख ऋणको ब्याजसमेत गरेर उल्टै ४५ लाख तिर्नुपर्ने हिसाब सुनाए । 

साहुकारको ऋणले थिचिएका साह ब्याजको हिसाब सुनेर झन् गले । केही उपाय नलागेपछि उनी गुहार माग्दै काठमाडौं आइपुगेका छन् ।

‘बागमती नदीको किनारमा पुर्ख्यौली जायजेथा थियो । नदीले बगाएपछि राजघाट सर्‍यौँ । ऋण गरेर थोरै जग्गा जोडेको थिएँ, साहुकारले उठिवास लगाउने भयो । जिन्दगीले अब कहाँ पुर्‍याउँछ केही टुंगो छैन,’ काठमाडौंको भोटेबहालस्थित आफन्तको शरणमा रहेका साहले पीडा सुनाए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad