छापा खबर


हिटर र गिजर प्रयोग गर्नुहुन्छ? सावधान, ज्यान जाला!

हिटर र गिजर प्रयोग गर्नुहुन्छ? सावधान, ज्यान जाला!

नेपालखबर
पुस २२, २०७६ मंगलबार ०:५३,

जाडोमा पानी तताउन बाथरुममा राखिएको ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटरलगायतले सर्वसाधारण बिरामी पर्ने र ज्यानसमेत जान सक्ने भन्दै विशेषज्ञले सावधानी अपनाउन आग्रह गरेका छन्।

गिजर प्रयोग गरेर नुहाउँदा गत शनिबार ललितपुरमा एक जनाको र कोठाभित्र कोइला बालेर सुत्दा तीन साताअघि कीर्तिपुरमा दुई जनाको मृत्यु भएको थियो।

गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ। यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ। रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ। यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

ललितपुरको एक गल्र्स होस्टेलको बाथरुममा ग्यास गिजर प्रयोग गरी गत शनिबार १६ वर्षीया किशोरी एक्कासि बेहोस भइन्। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। तीन साताअघि कीर्तिपुर ८ सुन्दरबस्तीमा कोठामा कोइला बालेर सुत्दा ३६ वर्षीया महिला र उनका २ महिनाका छोराको मृत्यु भएको थियो भने श्रीमानलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार जाडो याममा यस्ता घटना बर्सेनि हुने गरेका छन्। हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले हिटर, गिजर बाल्दा निस्कने विषाक्त कार्बन मोनोअक्साइड ग्यासका कारण बिरामी भई उपचार गर्न आउने बढेको बताए। ‘पुस लागेयता १० जना ग्यास गिजर र रुम हिटरले गर्दा कार्बन मोनो अक्साइड विषाक्तताको सिकार भएर उपचार गर्न आएका छन्,’ नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ डा. अभिजित अधिकारीले भने। मंसिरमा त्यस्ता २५ बिरामी अस्पताल आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad