छापा खबर


अब विद्युत् महसुल १० युनिटसम्म ३० रूपैयाँ मात्रै!

अब विद्युत् महसुल १० युनिटसम्म ३० रूपैयाँ मात्रै!

नेपालखबर
पुस २१, २०७६ सोमबार ०:३१,

नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।

प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ७ लाख रहेको उनले बताए।

‘यी ग्राहकलाई सेवा शुल्कबापत ३० रुपैयाँ मात्रै लिएर विद्युत् दिँदा प्राधिकरणलाई मासिक करिब २५ लाख भार भर्छ,’ मन्त्री पुनले भने, ‘प्राधिकरणले निर्माण गरिरहेका आयोजना पूरा भइरहेका छन्। यिनले प्राधिकरणको आम्दानी बढाइरहेकाले घाटा पर्दैन।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।

अहिले लागू भइरहेको विद्युत् महसुल परिमार्जनका विषयमा पनि छलफल भइरहेको उनले जनाए। सय मेगावाटसम्म विद्युत् खपत गर्ने ग्राहकका लागि पनि शुल्क घटाउने तयारी रहेको उनले बताए। विद्युत् खपत बढाउने हिसाबले शुल्क परिमार्जन गर्न लागिएको मन्त्री पुनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad