छापा खबर


प्रसूती गराउँदा एकै रात तीन शिशुको मृत्यु

 प्रसूती गराउँदा एकै रात तीन शिशुको मृत्यु

नेपालखबर
पुस २१, २०७६ सोमबार ०:३७,

शल्यक्रिया गरी प्रसूती गराउने क्रममा सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एकै रातमा तीनजना नवजात शिशुको मृत्यु भएको छ।

सप्तरीको बलानबिहुल गाउँपालिक ३ दुधैला गाउँकी ३० वर्षीया संगीता साह, सिरहाको औरही गाउँपालिका १ दरहैया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर गाउँकी जानकी यादवको शिशुको शुक्रबार राति मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

गर्भवती संगीतालाई आफन्तले प्रसूती व्यथाले च्यापेपछि एम्बुलेन्समार्फत् लहानस्थित सप्तऋषि अस्पतालमा शुक्रबार साँझ भर्ना गरेका थिए।

सामान्य अवस्थामा रहेपनि चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भन्दै शल्यक्रिया कक्षमा लगेर शल्यक्रिया गर्दै गर्दा शिशुको मृत्यु भएको उनले बताइन्।

त्यही रात प्रमिला र जानकीको पनि शल्यक्रिया गरेर शिशु निकालेपछि मृत्यु भएको हो।

सामान्य अवस्थामा प्रसूतीका लागि भर्ना भएका तीनै जना महिलाको शिशुको एकै रात मृत्यु हुनुमा चिकित्सकको लापार्वाही रहेको पीडित परिवारले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad