छापा खबर


पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले तिरेन साढे पाँच करोड कर

नेपालखबर
पुस १७, २०७६ बिहिबार ०:५७,

पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन।

दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवि घिमिरेले लेखेका छन्।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो।

तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाका मेयर शोमनाथ ओलीले बताए।

चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad