छापा खबर


एमबीए सर्वाेत्कृष्ट मीरा ज्ञवाली भन्छिन् : यसरी भएँ गोल्डमेडलिस्ट

एमबीए सर्वाेत्कृष्ट मीरा ज्ञवाली भन्छिन् : यसरी भएँ गोल्डमेडलिस्ट

नेपालखबर
पुस १४, २०७६ सोमबार १:३२,

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट ०७३ सालमा एमबीए सकेकी हुँ। अहिले राष्ट्रिय वाणिज्य बैंकमा पुल्चोक शाखाको असिस्टेन्ट ब्रान्च म्यानेजरका रूपमा कार्यरत छु। एमबीए पढ्दा पाएको ज्ञानलाई अहिले व्यावहारिक रूपमा प्रयोग गरिरहेकी छु।

आफ्नो सफलताबारे गोल्डमेडलिस्ट मीरा ज्ञवाली आजको नयाँ पत्रिकामा यसरी बताउँछिन् :

यसकारण सफलता
सफलताका लागि इफोर्ट चाहिन्छ। मैले टप गर्छु भनेर पढेकी होइन। एमबीएमा सर्वाेत्कृष्ट हुनुमा कुनै जादु पनि छैन। कक्षामा म अलि चनाखो भएर बस्थें। शिक्षकले पढाउँदा हरेक विषयवस्तुलाई हामीले देखिरहेको उदाहरणसँग जोड्नुहुन्छ। त्यो बुझ्यो भने धेरै फाइदा हुन्छ। कक्षामा जे बुझ्थें, हरेक विषयको छुट्टै नोट बनाउँथें।

आफ्नै शैलीमा बनाएको नोट जहिले पढे पनि एकैपटकमा बुझिने हुन्थ्यो। मेरो पढ्ने शैली नै यही थियो। कक्षामा सचेत र घरमा एक/दुई घण्टाजति पढेपछि पुग्थ्यो। एमबीए जसले पनि पढ्न सक्छ। बैंकिङ, बिजनेसलगायत सबै व्यक्तिको रुचिको क्षेत्र हुन सक्छ। हरेक क्षेत्रमा व्यवस्थापकीय सीप, कन्भिन्स गर्ने क्षमता र नेतृत्वकला चाहिन्छ। त्यसैले एमबीए हरेक क्षेत्रका लागि प्रभावकारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad