छापा खबर


जन्मिएको भोलिपल्टै शिशुको गरियो पाठेघरको शल्यक्रिया

जन्मिएको भोलिपल्टै शिशुको गरियो पाठेघरको शल्यक्रिया

नेपालखबर
पुस १४, २०७६ सोमबार १:४,

थापाथलीस्थित प्रसूति गृहमा बेस्सरी पेट फुलेकी शिशु जन्मिइन्। शिशुले दूध खाइनन्, बान्ता मात्रै गरिरहिन्। बच्चालाई किन यस्तो भयो भनेर अभिभावक आत्तिए।

कसैले शिशुको पेटमा ठूलो ट्युमर रहेको अनुमान गरे। प्रसूति गृहमा उपचार नहुने भएपछि शिशुलाई धापासीस्थित ग्रान्डी अस्पताल पुर्‍याइयो। एक्सरे र एमआरआई गर्दा पाठेघरको बाटो थुनिएको देखियो। शल्यक्रिया गरेर पाठेघरबाट २ सय एमएल पानी निकालियो।

चिकित्सा विज्ञानमा शिशुको उक्त समस्यालाई ‘भजाइनल अट्रेसिया’ भनिन्छ। उपचारमा संलग्न बाल चिकित्सक डा. आशिषलाल श्रेष्ठका अनुसार १० हजार जीवित जन्मेका शिशुमध्ये एक जनामा यस्तो जटिल समस्या देखिन्छ। यो खबर आजको कान्तिपुरमा फातिमा बानुले लेखेकी हुन्। यसलाई ‘बर्थ डिफेक्ट’ अर्थात् जन्मदोष पनि भनिन्छ।

डा. श्रेष्ठका अनुसार ग्रान्डी पुर्‍याइँदा शिशुको पाठेघरघरभित्र जमेको पानीको थैलोले च्यापिएर मिर्गाैला फेल हुने अवस्थामा थियो। ‘नली थुनिएर निकास नभएपछि शिशुको पाठेघर फुलेको थियो,’ उनले भने। एक महिनाअघि जन्मेको भोलिपल्टै शल्यक्रिया गरिएकी शिशुको अवस्था अहिले सामान्य छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad