छापा खबर


मंगल ग्रहमा किन पुग्न सकेनन् मानिस? यस्ता छन् कारण

मंगल ग्रहमा किन पुग्न सकेनन् मानिस? यस्ता छन् कारण

नेपालखबर
पुस १३, २०७६ आइतबार १:४९,

पछिल्लो समयसम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ, तर यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधैं चुनौती दिइरहेका छन्। यस्तै चुनौतीमध्ये एक हो- मानिस रातो ग्रह अर्थात् मंगल ग्रहमा पुग्न नसक्नु।

यसका धेरै कारण छन्, जसबारे अन्तरिक्ष एजेन्सी नासाले जानकारी गराएको छ। नासाले गत वर्ष मंगल ग्रहमा जानका लागि हुने मुस्किलको एउटा सूची बनाएको थियो। यी कठिनाइमा मंगल ग्रहमा विकिरण, पृथ्वीबाट लामो दूरी, गुरुत्वाकर्षण र त्यहाँको बन्द वातावरण रहेका छन्।

मंगलमा जान देखिएको पहिलो चुनौती भनेको विकिरण हो। यसलाई मानिसका आँखाले हेर्न सकिँदैन। मंगल ग्रहको आफ्नो कुनै चुम्बकीय क्षेत्र छैन। यस्तो अवस्थामा त्यहाँका खतरनाक ब्रह्माण्डीय विकिरणले मानिसको आँखामा मोतिबिन्दु तथा क्यान्सरसमेत लाग्न सक्छ। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।

पृथ्वीबाट मंगल ग्रहको दूरी करिब १४ करोड माइल छ। चन्द्रमासम्म पुग्न अन्तरिक्ष यात्रीलाई तीन दिन यात्रा गर्नुपरेको थियो। तर मंगल ग्रहसम्म पुग्न मानिसलाई महिनौं यात्रा गर्नुपर्छ। यो आफैंमा ठूला चुनौती हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad