अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाब दिएको छ।
एमसीसीका विषयमा सत्तारुढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाब दिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।
अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ।
नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रुपमा स्विकार गरिसकेको छ।
तर, सत्तारुढ दलकै केही प्रभावशाली नेताहरुले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन्।
यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरुको बुझाइ छ।

प्रतिक्रिया