ad ad

छापा खबर


‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति, यस्ताे थियाे घटना

 ‘मीटू’ मुद्दामा ३४ लाख क्षतिपूर्ति, यस्ताे थियाे घटना

नेपालखबर
पुस ३, २०७६ बिहिबार ३:२,

जापानमा ‘मीटू’ अभियानको चर्चित अनुहार ३० वर्षीया पत्रकार शिओरी इटोले आफूलाई भएको बलात्कारको मुद्दा जितेकी छन्।

जापानमा यौन उत्पीडनजस्तो विषयमा कसैले पनि सार्वजनिक रूपमा कुरा नगर्ने भएकाले उनको यो जितलाई महत्त्वपूर्ण ठानिएको छ। टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडतलाई ३० हजार अमेरिकी डलर (३४ लाखभन्दा बढी रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ।

अदालतले ‘ब्रोडकास्टर टीबीएस’ का वासिङ्टन ब्युरो प्रमुख नोरियुची यामागुचीविरुद्ध इटोद्वारा दायर मुद्दाको सुनुवाइपछि उक्त ‘ऐतिहासिक’ फैसला सुनाएको हो। वरिष्ठ पत्रकार यामागुची जापानी प्रधानमन्त्री सिन्जो अबेका अत्यन्तै नजिकका मानिन्छन्। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको कान्तिपुरले छापेको छ।

अदालतमा मुद्दा दायरपछि आयोजित पत्रकार सम्मेलनमा शिओरी इटोले जापानी मिडियासँग भनेकी थिइन्, ‘सन् २०१५ मा यामागुचीले म बेहोस रहेको अवस्थामा टोकियोस्थित एउटा होटलमा मलाई बलात्कार गरेका थिए।’

उनले आरोपित यामागुचीले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएको तर त्यहाँ बलात्कार गरेको बताएकी थिइन् । आफूमाथि भएको बलात्कारलाई लिएर उनी अदालत पुगेकी थिइन् । अदालतको फैसलापछि इटो असाध्यै खुसी छिन् ।

‘तर, यहाँसम्म आइपुग्नका लागि मैले धेरै कठिनाइको सामना गरेकी छु,’ उनी भन्छिन्, ‘प्रहरीले अनुसन्धानका क्रममा मसँग सोधिएका प्रश्नहरूले अझै पनि मेरो जीउ सिरिङ हुन्छ । प्रहरीले यस्ता प्रश्नहरू सोधे जसको जवाफ सबै महिलाले दिने साहसै गर्न सक्तैनन्।’

आफू संलग्न रहेकै पेसाका वरिष्ठ पत्रकारबाट भएको असह्य बलात्कारको घटनाले आफूलाई ठूला मानसिक आघात पुगेको प्रतिक्रियासमेत दिएकी थिइन्। सन् २०१७ मा इटोले पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो पीडादायक अनुभव पहिलो पटक सार्वजनिक गरेकी थिइन् ।

यसले पनि नपुगेपछि उनले ‘ब्ल्याक बक्स’ पुस्तकमा समेत आफ्ना आपत्ति र पीडाहरू पोखेकी छन् । त्यही वर्ष उनले यामागुजीविरुद्ध एक लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .