रौतहटबाट हतियारसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका–६ का राम आधार साह र रौतहटको पर्रोहा ४ पोखरीयाका छोटेलाल साह रहेका प्रहरीले जनाएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका–३ बाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको छ।

प्रतिक्रिया