छापा खबर


दुई दिन हिरासतपछि रिहा भइन् बलिउड नायिका पायल

दुई दिन हिरासतपछि रिहा भइन् बलिउड नायिका पायल

नेपालखबर
पुस २, २०७६ बुधबार १:३५,

मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ।

उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्था पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो।

उनलाई २५-२५ हजारका दुई मुचुल्कामा जमानत दिइएको हो। यो खबर एजेन्सीलाई उधृत गर्दै आजको अन्नपूर्ण पोस्टले छापेको छ।

payal rohtagi 12 110912124131

गिरफ्तार भएपछि उनलाई लुट र हत्यालगायत आपराधिक मामिलामा आरोपित महिला कैदीसँग जेलमा राखिएको थियो।

पायलले नेहरू परिवारका बारेमा एउटा भिडियो जारी गरेकी थिइन्।

भिडियोमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि कांग्रेस परिवार ट्रिपल तलाकको विरुद्ध यसकारण थियो किनकि मोतीलाल नेहरूका पाँच पत्नी थिए। साथै मोतीलाल नेहरू जवाहरलाल नेहरूका सौतेनी पिता थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad