ad ad

छापा खबर


उपनिर्वाचनकाे समीक्षा गर्दै देउवाले भने-हामी बलियो बन्दै छौँ

 उपनिर्वाचनकाे समीक्षा गर्दै देउवाले भने-हामी बलियो बन्दै छौँ

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार २:४५,

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ ।

उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ।

प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको टिप्पणी गरे । यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

‘उपनिर्वाचनलाई हामीले जनमत सर्वेक्षणका रूपमा लिएका थियौँ । गत निर्वाचनको दुई वर्षमा हामीलाई र सत्तारूढ दललाई मतदाताले प्रस्ट सन्देश दिएका छन्,’ शर्माले भने, ‘मतदाताले हामीलाई अनुमोदन गरे किनकि ०७४ सालको निर्वाचनको तुलनामा हामीले उपनिर्वाचन भएकामध्ये प्रभावशाली ठाउँमा जित्यौँ । हारेका ठाउँमा पनि मतान्तर घटाएका छौँ।’

शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भरतपुरको वडा र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निवास रहेको भक्तपुरको बालकोट पुगेर कांग्रेसले जित्नुलाई रणनीतिक रूपमा अथ्र्याए । कांग्रेस सकियो भन्नेलाई ती क्षेत्रमा खोज्न उनले आग्रह गरे ।

हामी बलियो बन्दै छौँः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले धरान र भक्तपुरमा कांग्रेसले जित्नुले धेरै अर्थ राख्ने बताए ।

कांग्रेसका सरल नेता भीमबहादुर तामाङको सातौँ स्मृति दिवसमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको नतिजाले कांग्रेसमा उत्साह भरेको बताए ।

‘उपनिर्वाचनमा प्रहरी प्रशासन निष्पक्ष रहेन । आचारसंहिता विपरीतका कार्य भए । हाम्रै प्रभाव क्षेत्रमा बम पड्काएर हाम्रा मान्छेलाई हतोत्साही बनाउने काम भयो,’ देउवाले भने, ‘तर, पनि भक्तपुर र धरानमा हाम्रो जित उत्साहपूर्ण रह्यो ।’

देउवाले दाङ, बाग्लुङ, कास्कीसहितका धेरै ठाउँमा कांग्रेस मत बढ्नुले सकारात्मक सन्देश दिएको बताए । निष्पक्ष निर्वाचन हुन नदिइएको ठाउँमा कांग्रेसले छानबिन गर्ने दाबी पनि देउवाले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .