ad ad

छापा खबर


साग : जसले जितिन् थाेत्रो साइकलले स्वर्ण

साग : जसले जितिन् थाेत्रो साइकलले स्वर्ण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ०:३४,

बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर। १० थोत्रा साइकलका पाटपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ।

त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३औं सागको ट्रायथलनमा स्वर्ण जितिन्। मुलुकको इज्जत राखिन्।

सात वर्ष पुरानो साइकल लिएर सोमबार पोखराका सडक नाप्दा उनलाई बारम्बार टायरकै चिन्ता लाग्यो। तालिम अवधिमा पटकपटक पन्चर भएको टायर भरपर्दाे थिएन। अरू पुराना साइकलका पाटपुर्जा नमिलाई हालिएको थियो।

sony gurung saag e5xLP4HSqs

उनीसँगै ट्रायथलनमा नेपालबाट सहभागी अरू एक महिला र दुई पुरुषको साइकल पनि उस्तै थिए। उनले फेवातालमा ७५० मिटर पौडिइन्। २० किमि साइक्लिङ गरिन् र ५ किमि दौडिइन्। यो दूरी उनले १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरिन्।

भारत र श्रीलंकाका खेलाडीलाई पछाडि छाडिदिइन्। यो खबर आजको कान्तिपुरमा दीपक परियारले लेखेका छन्।

‘खेलभरि साइकल पन्चर हुन्छ कि भन्ने मात्रै चिन्ता भयो,’ गुरुङले भनिन्, ‘गतिलो साइकल भएको भए अझै चाँडै सकाउँथे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .