ad ad

छापा खबर


डा. साह भन्छन् : मिर्गौला प्रत्यारोपण गराएकामा एपेन्डिसाइटिस शल्यक्रिया ज्यादै जोखिमपूर्ण

डा. साह भन्छन् : मिर्गौला प्रत्यारोपण गराएकामा एपेन्डिसाइटिस शल्यक्रिया ज्यादै जोखिमपूर्ण

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ४:५२,

ल्यापरोटोमी र एपेन्डेक्टोमी दुवै शल्यक्रिया कुन अवस्थामा एकैपल्ट गर्नुपर्ने हुन्छ ?
एपेन्डिक्स पेटभित्रै फुटेको अवस्थामा, पेटभित्र पीप, पानी आदि जमेको छ भने त्यो अवस्थामा ल्यापरोटोमी र एपेन्डेक्टोमी एकैपटक गरिन्छ । पेटभित्र थप संक्रमण हुन नदिन र पेटभित्र जम्मा भएको पीप आदि हटाउन यी विधि अपनाइन्छ। एपेन्डिक्स वरिपरि पीप जमेको छ वा पेटभित्र एपेन्डिक्स फुटेर पीप जमेको छ भने राम्ररी सफा गर्न ल्यापरोटोमी गरेर एपेन्डेक्टोमी गरिन्छ । यस्तै एपेन्डिक्स कहिलेकाहीँ आन्द्राभित्र जेलिएको हुन्छ । यस्तो अवस्थामा समेत शल्यक्रिया गर्न सहज होस् भनेर ल्यापरोटोमी गरेर एपेन्डेक्टोमी गर्छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस शल्यक्रियाका सन्दर्भमा आजको कान्तिपुरले डा. राकेशकुमार साह(ग्यास्ट्रोइन्टेस्टाइनल सर्जन)सँगकाे अन्तर्वार्ता छापेको छ। उक्त अन्तर्वार्ताको बाँकी अंश :

एपेन्डिसाइटिस फुटेको अवस्थामा शल्यक्रिया गर्दा कस्तो जटिलता देखिन सक्छ ?
पेटभित्र पुनस् पीप जम्न सक्छ । कहिलेकाहीँ सेप्सिस (शरीरभरि संक्रमण) को अवस्थासमेत आउन सक्छ । सेप्सिस भयो भने यसले थुप्रै जटिलता निम्त्याउन सक्छ । यसअन्तर्गत मिर्गौला, फोक्सो, मुट आदि अंगहरूले काम गर्न छाड्ने स्थितिसमेत आउन सक्छ ।

एपेन्डिक्सको शल्यक्रियापछि देखिन सक्ने अन्य जटिलता के हुन् र?
शल्यक्रिया गरेर पेट राम्ररी सफा गरेपछि ‘ड्रेन पाइप’ पनि राख्नुपर्ने हुन सक्छ । केही दिनमा एभहेसिभ इन्टेस्टाइनल अब्सट्रक्सन (आन्द्रा एकअर्कामा टाँसिएर उत्पन्न हुने समस्या) देखिन सक्छ ।

मिर्गौला प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रिया कति जटिल हुन सक्छ ?
सामान्य मान्छेको भन्दा मिर्गौला वा अंग प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रिया धेरै जटिल हुन्छ । यस्ता व्यक्तिमा संक्रमण हुने सम्भावना धेरै बढी हुन्छ । यस्ता बिरामीमा प्रत्यारोपण गरिएकामिर्गौलामा समेत संक्रमण हुन सक्छ। अंग प्रत्यारोपण गराएकाहरूमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले विभिन्न संक्रमणको सम्भावना शल्यक्रियापछि झनै बढ्छ ।

मिर्गौला प्रत्यारोपण गराएकाहरूमा समयमै एपेन्डेसाइटिस थाहा पाउन कति गाह्रो हुन्छ?
मिर्गौला प्रत्यारोपण गराएकाहरूले ‘इम्युनोसप्रेसेन्ट’ (शरीरको प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि) खाइरहेका हुन्छन् । धेरैजसो इम्युनोसप्रसेन्टमा एस्टेराइड पनि हुन्छ । यसले गर्दा प्रभावित व्यक्तिलाई तत्काल दुखाइ महसुस नहुन सक्छ । यतिसम्म कि कतिलाई पेटभित्र एपेन्डिक्स फुटेपछि मात्र थाहा हुन सक्छ ।

प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रियापछिको उपचार प्रक्रिया कस्तो हुन्छ?
मुख्य रूपले एन्टिबायोटिककै सहारा लिनुपर्छ । त्यसले काम नगरे सेप्टिसिमिया, मल्टिपल अर्गेन फेल्योरलगायतका दुस्खद स्थिति पनि आउन सक्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .