ad ad

छापा खबर


यस्ताे रहेछ विप्लव समूह ध्वस्त हुँदै जानुकाे रहस्य

यस्ताे रहेछ विप्लव समूह ध्वस्त हुँदै जानुकाे रहस्य

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ४:८,

सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफैंले औंल्याएको छ।

क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वाभाविक भए पनि अलि बढी नै आन्दोलनलाई क्षति पुर्‍याउने खालका समस्याहरू देखापरेको उसले महसुस गरेको हो।

पार्टीमा प्रतिबन्धपछि आकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्या देखापरेको उसको ठहर छ।

कार्यकर्तादेखि आरबीएम(राज्य ब्युरो सदस्य), सीसीएम(केन्द्रीय सदस्य) र पीबीएम(पोलिटब्युरो)सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकारेको छ।

राजनीतिक दस्तावेजमा भनिएको छ– कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली)लाई गिरफ्तार गराउन उहाँकै सुरक्षा स्टाफ( आशिषले प्रहरीलाई सेल्टरसम्म पुर्यायो। उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमान्डर राजिव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए। त्यसपछि एक वर्षदेखि पार्टी जिम्मेवारीबाट नखटेका र पार्टी नीतिविपरीत बालेका कारण निलम्बनमा परेका पीबीएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे। जेल परेका बेला पूर्वपीबीएम जीवन्तमा पनि यो समस्या दोहोरियो।

प्रतिबन्धपछि पार्टी पंक्तिमा निकै कार्यशैलीगत कमजोरीहरू देखिएको, जिम्मेवारीअनुरूप आचरण नगर्ने, शान्तिकालकै जसरी हल्काफुल्का तरिकाले काम गर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर माथिल्लो समितिलाई जानकारी नदिई अनावश्यक सम्बन्ध राख्ने, गाडीहरू प्रयोगमा ध्यान नदिने, रुट सेल्टरको प्रयोगमा लापर्बाही गर्ने, कार्यक्रमहरू गर्दा अव्यवस्थित र बिनासुरक्षा बस्ने, विरोधीहरूसँगका भेटघाटलाई सस्तो बनाउने, फोन प्रयोगमा कमजोरी गर्नेजस्ता समस्या केन्द्रीय सदस्यदेखि जिल्लासम्मका नेतामा देखिएको कुरा विप्लवद्वारा आठौं पूर्ण बैठकमा प्रस्तुत दस्तावेजमै उल्लेख छ।

भनिएको छ– प्रतिबन्धपछि आर्थिक क्षेत्रमा पैसा असुली गर्ने, हिसाब पारदर्शी नगर्ने, जथाभावी खर्च गर्ने, एकअर्कालाई आरोप प्रत्यारोप गर्ने समस्या पनि देखिएका छन्।

देशैभरि लगातार परिपत्र र निर्देशन जारी गर्दा पनि यसमा संवेदनशील बन्ने समस्या आइरहेको छ। महासचिव विप्लव भन्छन्, ‘यसैको परिणाम हालसम्म पाँच जना केन्द्रीय सदस्य र तीन दर्जन जिल्ला इन्चार्ज र सेक्रेटरीहरू राज्यको गिरफ्तारीमा परेको अवस्था छ।’ यो खबर आज (बुधबार) प्रकाशित जनआस्था साप्ताहिकले लेखेको छ।

विभिन्न कमजोरीका कारण ‘संगठनात्मक दृष्टिले असाधारण लाग्ने निर्णय’ अर्थात् १७ जना केन्द्रीय सदस्य हटाइएको कुरासमेत पार्टी शुद्धीकरणसम्बन्धी अवधारणाको बुँदा ६ ‘ख’ मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .