ad ad

छापा खबर


बाझ्दाबाझ्दै अमूल्य किड्नी भयाे बेकार!

बाझ्दाबाझ्दै अमूल्य किड्नी भयाे बेकार!

नेपालखबर
मंसिर ११, २०७६ बुधबार २:३७,

थाहा छ, यतिबेला सिंगै नेपालमा किड्नी फेर्ने काम ठप्प छ।

कानुन पालनामा अत्यन्तै कडाइ गरिरहेका प्रधानमन्त्री केपी ओलीकै नाममा केही चिकित्सकले अलफत्ती गर्दागर्दै एकजना विरामीले गत हप्ता प्राण त्यागेका छन्।

प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको उपचार गराएको टोखास्थित ग्राण्डि अस्पताल र स्वास्थ्य मन्त्रालयबीच गत बिहीबार दोहोरी चल्यो।

स्ट्रोकको कारण ब्रेनडेथ भएका एक बिरामीको काम नलाग्ने अंग झिक्ने र आफ्नो अस्पतालमा रहेका अर्का बिरामीमा प्रत्यारोपण गर्ने हतारेमा दुई निकायबीच दोहोरी चलेको हो। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, ०५५ (०५७ मंसिरसम्मको संशोधन) अनुसार कानुनबमोजिम अनुमतिपत्र नलिइ कसैको पनि अंग प्रत्यारोपणसम्बन्धी क्रियाकलाप गर्न पाइँदैन।

तर, केही फिजिसियनले आफूखुसी बिरामीको मिर्गौला झिक्न लागेको थाहा पाएर स्वास्थ्य मन्त्रालयका कानुन अधिकृत पुष्कर नेपालले ऐनको दफदफा पल्टाउँदै तुरुन्तै प्रहरीमा जाहेरी लेखी कारबाही अघि बढ्ने भनेपछि उनीहरु बल्ल पछाडि हटे। तर त्यतिन्जेलसम्म बिरामीको मृत्यु भइसकेको थियो।

मानव शरीरका कतिपय अंग मस्तिष्क डेथ भएर श्वास प्रश्वास चलिरहँदा र कतिपय अंग मृत्यु भएको निश्चित समयभित्र झिकिसक्नुपर्छ।

त्यसदिन ग्राण्डिको माग थियो, ‘हामी बिरामीको अंग झिकेर पालो कुरिरहेका चारमध्ये म्याचिङ हुने अरु कुनै बिरामीलाई प्रत्यारोपण गर्न सक्छौँ, गर्नुपर्छ।’

तर, ऐनअनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिबाट नकालिने अंग स्वतः नेपाल सरकारको स्वामित्वमा हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .