लामो समयसम्म पिसाब च्याप्दा यसले संक्रमण हुने सम्भावना बढाउँछ। जति पिसाब रोक्यो, उति पिसाब थैलीमा संक्रमण हुन्छ।
आजको कान्तिपुर दैनिकमा त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) का युरोलोजिस्ट डा. पवन चालिसेले यसबारे जानकारी दिएका छन्।
उनी अगाडि भन्छन् : थैलीमा धेरै बेरसम्म पिसाब जम्मा गर्दा यसले पिसाबनली पनि बिगिन्छ। थैली बिग्रियो भने पिसाब चुहिरहने समस्या पनि आउँछ। मधुमेहका बिरामीले पिसाब रोक्नु हुँदैन।
पिसाब जम्मा गर्ने र नियन्त्रण गर्ने थैलीको आफ्नै क्षमता हुन्छ। निकै बेरसम्म पिसाब निस्किन पाएन भने फर्केर जान पनि सक्छ। यसले मिर्गाैला कमजोर र फेलसम्म हुन सक्छ।

प्रतिक्रिया