छापा खबर


निर्मला पन्त बलात्कार/हत्या प्रकरण : पुरानै आरोपितबारे फेरि अनुसन्धान

निर्मला पन्त बलात्कार/हत्या प्रकरण : पुरानै आरोपितबारे फेरि अनुसन्धान

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १:३९,

डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले पुरानै सशंकित व्यक्तिमाथि छानबिन थालेको छ ।

परिस्थितिजन्य र अन्य प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । हालसम्मको अनुसन्धानमा दिलीपसिंह विष्ट अपराधको सबैभन्दा नजिक छन्। उनलाई प्रहरीले गत वर्ष अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । पछि डिएनए नमिलेपछि छाडेको थियो ।

उनीलगायत पहिला पक्राउ गरेर सोधपुछ गरिएका व्यक्तिहरूमाथि नै प्रहरीले फेरि सूक्ष्म रूपमा अनुसन्धान थालेको खबर अाजकाे नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्। 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन गत ५ कात्तिकमा गृह मन्त्रालयलाई दिइसकेको छ । जसकारण प्रहरीले पहिला पक्राउ गरेर सोधपुछ गरेका व्यक्तिहरूमध्ये नै घटनाका अभियुक्त भएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । 

प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने उल्लेख छ । चिकित्सक वा प्राविधिकहरूको पसिना नमुनामा मिसिएको हुन सक्ने आकलन गरिएको छ । प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइसकिएको छ । प्रतिवेदनसमेतका आधारमा अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad