छापा खबर


प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न अब अमेरिका जाने

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न अब अमेरिका जाने

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार २:३८,

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ।

यसनिम्ति ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह आवश्यक आगजातसहित २४ गते टर्किस एयरको उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छन्।

विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा अमेरिकातिरै लागेका छन्।

दुबैको उद्देश्य प्रमको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको खबर बालुवाटार स्रोतलाई उद्धृत गर्दै आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।

मिर्गौला प्रत्यारोपणका अनेक विधि छन्। भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ।

पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपाका कार्यकर्ता श्याम श्रेष्ठले आठ वर्ष अघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा हाल ४ वटा मिर्गौला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad