छापा खबर


प्रधानमन्त्रीको नगरमा डेढ अर्बको २५ तले भ्यु-टावर निर्माण सुरु, यस्ताे बन्दैछ

प्रधानमन्त्रीको नगरमा डेढ अर्बको २५ तले भ्यु-टावर निर्माण सुरु, यस्ताे बन्दैछ

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १:२८,

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ।

संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो। 

ठेक्का चीनको जेसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन्। यो खबर आजको कान्तिपुरमा अर्जुन राजवंशीले लेखेका हुन्।

भ्यु-टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ। टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले बताए।

प्रत्येक तला ४ मिटर उचाइको हुनेछ। टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पाेरट कार्यालयहरू रहनेछन्। अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारीसाधन राख्न मिल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad