छापा खबर


आठ मन्त्री फेर्ने ओलीको तयारी, प्रदेशका मुख्यमन्त्री पनि फेरिने

आठ मन्त्री फेर्ने ओलीको तयारी, प्रदेशका मुख्यमन्त्री पनि फेरिने

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ०:२६,

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको छ।

भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन्।

अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो।

स्रोतका अनुुसार कम्तीमा ८ मन्त्री फेर्ने तयारी छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन्। ओलीले प्रदेशका मुख्यमन्त्री र मन्त्री फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad