छापा खबर


उपचुनावअघि नै पूरै मन्त्री फेर्ने ओली र प्रचण्डको तयारी

उपचुनावअघि नै पूरै मन्त्री फेर्ने ओली र प्रचण्डको तयारी

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ०:२३,

सरकार गठन भएको २० महिनापछि प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन्।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका खबर आजको कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन्।

यही विषयमा छलफल गर्न उनले सोमबार पार्टी सचिवालय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुनेगरी राजीनामा दिने तय भइसकेको छ।

‘मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ,’ स्रोतले भन्यो, ‘सम्भवतः उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुन्छ। केहीबाहेक अधिकांश मन्त्रीको कार्यसम्पादन औसतन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोज्नु भएको छ।’

यस बारे अध्यक्ष दाहाललले पूर्वमाओवादी समूहमा आफूनिकट नेताहरुसँग औपचारिक छलफल गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली समाजवादी पार्टीले सम्हालेका मन्त्रीका कामसँग पनि सन्तुष्ट छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad