ad ad

छापा खबर


२०७७ साल : ११ महिनाको वर्ष!

२०७७ साल : ११ महिनाको वर्ष!

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ४:३९,

२०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्ताव सरोकारवालाले अस्वीकार गरेका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको हो।

पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो।

पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो।

‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’

उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १र१ महिना सार्न आवश्यक छ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा।रामचन्द्र गौतमले सरकारले १० वर्षपछि पुनः ०७७ साललाई ११ महिना बनाउने विषय शास्त्रसिद्ध कुरो नभएकाले लागू गर्न असम्भव भएको बताए। यसमा पञ्चांग सहमत हुनै नसक्ने उनको भनाइ छ। याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा गोपीकृष्ण ढुंगानाले लेखेका छन्। 

‘भारतमा १५० वर्षदेखि ११ महिना बनाउनुपर्छ भने पनि अहिलेसम्म सम्भव भएको छैन’, गौतमले भने, ‘७२ वर्षमा एक दिन वर सर्छ तर सूर्य र चन्द्रमाको गति नमिलेजस्तो देखिए पनि २७ डिग्री पुगेपछि आफैं मिल्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .