खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ।
सो विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केवल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्।
दसैं-तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका सीमित विद्यार्थीमा गरिएको एक सर्वेक्षणमा १० छात्रा र १७ छात्र सहभागी थिए।
सर्वेक्षणको रमाइलो पक्ष के थियो भने चार शेर्पा छात्रासहित सहभागी १० छात्रालाई तपाईं कस्तो श्रीमान् वा जीवनसाथी चाहनुहुन्छ भनेर गोप्यरूपमा लेखेर दिन भनिएकामा कसैले पनि ‘म पर्वतारोही श्रीमान् चाहन्छु’ भनेनन्। यो खबर सोलुखुम्बुबाट कपिल काफ्लेले आजको नेपाल समाचारपत्रमा लेखेका छन्।
पाँच जनाले मेडिकल डाक्टर, तीन जनाले पत्रकार र दुई जनाले इन्जिनियर श्रीमान् वा जीवनसाथी भइदिएहुन्थ्यो भन्ने इच्छा प्रकट गरे।
Shares

प्रतिक्रिया