सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ।
अन्य उद्योगबाट उत्पादित सिमेन्टसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँका दरले घटाइएको खबर आजको नागरिक दैनिकले छापेको छ।
यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा आठसय तीन रुपैयाँ रहेकोमा तीन दिनअघिदेखि २५ रुपैयाँ घटाएर सात सय ७८ रुपैयाँ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रवन्धक नवलकिशोर साहले बताए।
मूल्य घटाउनासाथ बिक्री दोब्बरले बढेको उद्योग प्रशासनले जनाएको छ।
प्रतिक्रिया