छापा खबर


कर्णालीमा १० जना वेपत्ता घटनाः मापदण्डबिनै खनिएको थियो सडक

कर्णालीमा १० जना वेपत्ता घटनाः मापदण्डबिनै खनिएको थियो सडक

नेपालखबर
असार ६, २०७६ शुक्रबार ०:६,

हुम्लामा १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदड पूरा नगरी निर्माण भएको पाइएको छ।

जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्ट गाउँपालिकाको भुस्या जोड्ने सडक बिनाकुनै सर्भे डिजाइन दुई दुई पटक निर्माण गर्दा लाखौँ रकम खर्चिएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा बझाङबाट वसन्तप्रताप सिंहले लेखेका छन्।

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले सडक खनेको थियो।

जिविसको डोजर प्रयोग गरेर सडक खनेपनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन।

स्थानीय अपरेटरको सल्लाहको आधारमा डोजरले सडक खनिएको थियो।

घटनापछि स्थानीय भन्छन्, ‘हामीले सडक नखनेर आफ्नै दाजुभाईको खाल्डो खनेका रहेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad