रौतहट जिल्ला प्रहरी कार्यालयले श्रीमान् हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ।
जिल्लाको गौर नगरपालिका ५ कोइरीटोलका जरिना खातुनलाई श्रीमान् हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।
श्रीमती जरिनाले कात्तिक ४ गते श्रीमान् ३५ वर्षीय इस्लाम अन्सारकिो हत्या गरेको अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय (रौतहट) का प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन्। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
पति इस्लाम र पत्नी जरिनाबीच प्रायः झगडा भइरहने र यही क्रममा कात्तिक ४ गते राति ११ बजे जरिना खातुनले आवेशमा आई प्लास्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया