छापा खबर


आलम अपराध : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

आलम अपराध : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ०:२५,

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ।

२०६४ चैत २७ गते राति विस्फोटमा घायते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी लिएर प्रहरी जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको हो। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

‘बम विस्फोटमा घाइते भएकालाई इँट्टाभट्टामा लगेर मारेको अभियोगमा मुलुकी ऐन २०२० ज्यानसम्बन्धी कसुरको दफा १३ क अनुसार आलममाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी गरिएको थियो,’ त्यसबेला प्रहरीले तयार पारेको प्रतिवेदन उल्लेख गर्दै स्रोतले भन्यो,’ तर प्रतिवेदन तथ्य र प्रमाणभन्दा बाहिर गएर बनाइएको तर्क गर्दै सरकारी वकिल कार्यालयले अदालतसम्म नपु¥याई अभियुक्तहरूलाई उन्मुक्ति दियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad