छापा खबर


सभामुख छान्न एक महिना पहिल्यै संसद् बोलाउने तयारी

सभामुख छान्न एक महिना पहिल्यै संसद् बोलाउने तयारी

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ३:३,

यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुख छान्न संसद्को हिउँदे अधिवेशन निर्धारित समयभन्दा एक महिना पहिले नै बोलाउने गृहकार्य सुरु भएको छ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी ओलीलाई अघिल्लो आइतबार भेटेर निर्वाचन प्रक्रियाबारे छलफल गरेलगत्तै हिउँदे अधिवेशन छिटो बोलाउने तयारी थालिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डे र कृष्ण कट्टेलले लेखेका छन्।

उपसभामुख तुम्बाहाम्फेले प्रधानमन्त्रीसँग नियमित हिउँदे अधिवेशन वा विशेष अधिवेशन आह्वान गरेर सभामुखको निर्वाचन गर्न सकिने विकल्पका विषयमा छलफल भएको जानकारी दिइन्।

‘उहाँसँगको छलफलमा नियमित अधिवेशनबाटै चयन गर्ने हो भने पुसको सट्टा मंसिरमै अधिवेशन बोलाउने कि भन्ने कुराकानी भएको छ,’ तुम्बाहाम्फेले भनिन्, ‘तर, यस विषयमा प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय परामर्श गरेपछि अन्तिम टुंगो लाग्नेछ।’

यसअघि हिउँदे अधिवेशन पुसको दोस्रो साताभित्र बोलाउने प्रचलन थियो। महराको राजीनामालगत्तै उपसभामुख तुम्बाहाम्फेले सो पद रिक्त रहेको भन्दै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेकी थिइन्।

पत्राचारपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेर परामर्श गरिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad