बेलायतले आप्रवासन नीतिमा गरेको व्यापक परिवर्तनले हङकङका बीनए(ओ) पासपोर्ट बाहकलाई भने असर नपर्ने भएको छ।
अध्यागमन प्रणालीमा महत्त्वपूर्ण सुधार गर्ने योजना अघि सारेसँगै हङकङवासीको बीएन(ओ) सुविधामा के हुने भन्ने अलमल देखिएको थियो। अब त्यो अलमल हटेको छ। जसलाई चिर्ने काम गरेको छ– बेलायत सरकारले बिहीबार गरेको घोषणाले।
सरकारले आप्रवासीको लागि स्थायी बसोबास योग्यता अवधि दोब्बर बनाएर १० वर्ष पुर्याएको छ। तर, ‘ब्रिटिस जीवनमा बलियो योगदान’ गर्नेहरूको हकमा भने पर्खाइ अवधि कम नै हुनेछ।
आप्रवासन मुद्दा सम्हाल्ने गृह कार्यालयले भनेको छ, ‘ब्रिटिस नेसनल ओभरसिज योजना अन्तर्गत बेलायती नागरिक र हङकङवासीका तत्काल परिवारका सदस्य बसोबासको लागि अवस्थित पाँच वर्ष अवधि कायमै छ।
गृह कार्यालयको यो स्पष्टोक्तिसँगै अब हङकङवासी नेपालीको अलमल पनि दूर भएको हो।
बीएन(ओ) योजनाअन्तर्गत सन् २०२१ देखि १ लाख ६० हजारभन्दा बढी हङकङवासी बेलायत बसाइँ सरेका छन्।
बेलायतको पछिल्लो प्रस्तावले हङकङवासीलाई बीएन(ओ) सुविधा अनिश्चित
Shares

प्रतिक्रिया