बेलायतले आफ्नो अध्यागमन प्रणालीमा महत्त्वपूर्ण सुधार गर्ने योजना अघि सारेसँगै हङकङवासीको बीएन(ओ) सुविधामा अलमल देखिएको छ।
शरणार्थीहरूलाई पाँच वर्षको आवश्यकताबाट बढाएर २० वर्ष पर्खनुपर्ने प्रस्तावित परिवर्तनले यस्तो अलमल देखाएको हो। यद्यपि, बीएन(ओ)का सम्बन्धमा भने अधिकारीले केही खुलाएका छैनन्। शरणार्थीसम्बन्धी प्रस्तावमा भने यसै हप्ताको अन्त्यमा परामर्श घोषणा गरिने भनिएको छ।
शरणार्थीहरूलाई संयुक्त अधिराज्यमा स्थायी रूपमा बसोबास अनुमति पाउनुअघि हालको पाँच वर्षको आवश्यकताबाट बढाएर १० वर्ष पर्खनुपर्ने प्रस्तावित परिवर्तनबारे छलफलका लागि परामर्श घोषणा गर्न लागिएको हो।
बीएन(ओ) योजनाले सन् २०२१ देखि एक लाख ६० हजारभन्दा बढी हङकङवासीलाई बेलायत बसाइँ सर्न मद्दत गरेको छ। माथि उल्लेख गरिएको प्रस्ताव कार्यान्वयन भएमा यस कार्यक्रमलाई असर गर्छ/गर्दैन भनेबारे भने बेलायती अधिकारीहरूले स्पष्ट पारेका छैनन्।
यद्यपि, प्रस्ताव बाहिरिएसँगै एक बेलायती संसद् सदस्यले केही हङकङवासीको स्थायी बसोबासको बाटो ‘जोखिम’युक्त भएकोमा चिन्तित रहेको बताएपछि सरोकारवालाहरू सशंकित हुन पुगेका हुन्।
तर पनि लन्डनले मानवीय आधारमा नयाँ ‘सुरक्षित र कानुनी मार्गहरू’ सुरु गर्ने वाचा गर्दै आवश्यकतामा परेकाहरूलाई सहयोग गर्ने र हङकङवासीहरूप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राख्ने भनेकोले असर नगर्नेमा भने आशावादी रहन सकिन्छ।
Shares

प्रतिक्रिया