हङकङको मिडियामा काउन्सिलर अरुणा गुरुङ : नेपालीलाई हङकङको ट्रान्जिट भिसामुक्त व्यवस्था साँच्चै राम्रो खबर हो

हङकङको मिडियामा काउन्सिलर अरुणा गुरुङ : नेपालीलाई हङकङको ट्रान्जिट भिसामुक्त व्यवस्था साँच्चै राम्रो खबर हो

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १५:१५, हङकङ

हङकङको अध्यागमन विभागले हवाई मार्गबाट प्रत्यक्ष ट्रान्जिटमा रहने र विमानस्थल ट्रान्जिट क्षेत्र नछोड्ने नेपाली नागरिकलाई भिसामुक्त ट्रान्जिटको व्यवस्था गरेको छ। १४ नोभेम्बरमा घोषणा गरिएको यो व्यवस्था १५ नोभेम्बरदेखि लागु भइसकेको छ। हङकङ आउने नेपाली नागरिकका लागि अन्य भिसा व्यवस्था भने यथावत् छन्।

नेपाली महावाणिज्यदूतावास हङकङको विशेष पहलमा भएको यो व्यवस्थाको धेरै हङकङेली नेपालीले स्वागत गरिसकेका छन् भने हङकङका मिडियाले पनि यसलाई चासोका साथ समाचार प्रसारण गरेका छन्।

यसको एउटा उदाहरण हो हङकङमा नेपाली समुदायबाट पहिलो जिल्ला परिषद् सदस्य अरुणा गुरुङसँग स्थानीय मिडिया डटन्युजले गरेको भिडिओसहितको कभरेज।

डटन्युज लेख्छ, ‘नेपालीमूलकी हङकङकी पहिलो जातीय अल्पसंख्यक जिल्ला काउन्सिलर अरुणा गुरुङले नीतिको हार्दिक स्वागत गरिन्। उनले औँल्याइन् कि नेपाल र अन्य सहरबीच प्रत्यक्ष वा जडान उडानहरूको सीमित उपलब्धताको कारण नेपाली यात्रीले चुनौतीको सामना गरिरहेका हुन्छन्। यस नीतिले उनीहरूलाई धेरै सुविधा प्रदान गर्न सक्छ। अब हङकङ ट्रान्जिट हुँदै अन्य सहर जाने नेपाली नागरिकले भिसामुक्त ट्रान्जिटको फाइदा लिन सक्छन्। यो साँच्चै राम्रो खबर हो!

यो नीति विमानस्थल ट्रान्जिटमा मात्र लागु भए पनि यसले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय यात्रालाई उल्लेखनीय रूपमा सरल बनाउँछ।’

डटन्युज अगाडि थप्छ, ‘हङकङ अध्यागमनका प्रवक्ताले नेपाल बेल्ट एन्ड रोड इनिसिएटिभमा पर्ने देशहरूमध्ये एक भएको कुरामा प्रकाश पारे। भिसारहित ट्रान्जिट व्यवस्थाले नेपाली यात्रुहलाई बढी सुविधा प्रदान गर्ने र अन्तर्राष्ट्रिय उड्डयन केन्द्रको रूपमा हङकङको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ।’

अरुणा गुरुङ याउचि मङ जिल्ला परिषद् सदस्य हुन्। उनलाई हङकङ सरकारले सन् २०२४–२७ का लागि जिल्ला परिषद् सदस्य नियुक्त गरेको हो। जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै पुगेकी गुरुङ जिल्ला परिषद्‌मा पुग्ने पहिलो नेपाली त हुन् नै अहिले गैरचिनियाँ अल्पसंख्यक समुदायबाट एक्लो प्रतिनिधि पनि हुन्।

हङकङले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको हो। नेपालीलाई ट्रान्जिट भिसाको व्यवस्था सन् २००५ बाट भएको थियो जुन लागु भएको २० वर्षपछि अहिले हटेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .