हङकङ ट्रामवेजले सरकारसमक्ष भाडावृद्धिको प्रस्ताव गरेको छ। ट्राम सञ्चालकले मंगलबार यातायात अधिकारीहरूलाई बुझाएको प्रस्तावमा १५.४ प्रतिशतसम्मको वृद्धि माग गरिएको छ।
जसअन्तर्गत वयस्क भाडा १० प्रतिशत, तीनदेखि १२ वर्ष उमेर समूहको भाडा ६.७ प्रतिशत र ६५ वर्षभन्दा माथिकाको लागि १५.४ प्रतिशत वृद्धिको प्रस्ताव पेस भएको छ।
यदि यो प्रस्ताव हुबहु लागू भएमा वृद्धिपछि वयस्कले प्रतियात्रा ३० हङकङ सेन्ट, बालबालिकाले १० हङकङ सेन्ट र वृद्धवृद्धाले २० हङकङ सेन्ट बढी तिर्नुपर्नेछ।
अहिले वयस्क भाडा हङकङ डलर ३, बालबालिकाको लागि हङकङ डलर १.५० र वृद्धवृद्धाको लागि १.३० हङकङ डलर रहेको छ।
यद्यपि, भाडादर वृद्धि भए पनि मासिक टिकटको मूल्य भने हङकङ डलर २६० मा अपरिवर्तित रहने प्रस्तावमा उल्लेख छ।
फ्रान्सेली स्वामित्वमा रहेको कम्पनीले प्रस्तावित वृद्धि सहरको प्रसिद्ध ट्रामहरूको दीर्घकालीन सञ्चालन र विकास सुनिश्चित गर्नका लागि भएको बताएको छ। यो यातायात हङकङ टापुको केनेडी टाउन र शाउकेई वानबीच चल्छ जसको शाखा ह्याप्पी भ्यालीमा छ।
‘फेयरबक्स राजस्व वृद्धिमा महत्त्वपूर्ण साझेदार बनेको छ, यद्यपि यात्रु संख्या भने कोभिड महामारीपूर्वको तुलनामा अझै १५ प्रतिशतभन्दा कम रहेको छ,’ हङकङ ट्रामवेजले भनेको छ।
हङकङमा ट्रामको भाडा अन्तिम पटक सन् २०२२ मा बढाइएको थियो। (एससीएमपी)
Shares

प्रतिक्रिया