हङकङको एक रेस्टुरेन्टमा आगलागी

हङकङको एक रेस्टुरेन्टमा आगलागी

घटनाको समयमा मलको निकास पाइपबाट धुँवाको मुस्लो निस्किरहेको थियो (सामाजिक सञ्जाल)


नेपालखबर
फागुन १, २०८१ बिहिबार १२:२३, हङकङ

हङकङको वोङताई सिनमा रहेको रेस्टुरेन्टमा बिहीबार बिहान आगलागी भएको छ।

वोङताई सिनमा रहेको फङताक स्टेट मलभित्र रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। रेस्टुरेन्टको भान्छाबाट आगलागी सुरु भएपछि रेस्टुरेन्टका ग्राहकलाई तत्काल बाहिर निकालिएको थियो।

आगोलाई अग्निनियन्त्रकको टोलीले नियन्त्रणमा लिइसकेको छ। घटनामा मानवीय क्षतिको रिपोर्ट नगरिएको स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले जनाएको छ।

अनलाइन प्रसारित तस्बिरहरूमा मलको निकास पाइपबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .