हङकङको ग्रेटर बे एयरलाइन्सले गर्‍यो ठूलो संख्यामा उडान कटौती

हङकङको ग्रेटर बे एयरलाइन्सले गर्‍यो ठूलो संख्यामा उडान कटौती

नयाँ विमानको डेलिभरीमा ढिलाइ र भइरहेकाको सुरक्षा निरीक्षणका कारण उडानहरू रद्द गर्नुपरेको ग्रेटर बेले जनाएको छ


नेपालखबर
माघ ८, २०८१ मंगलबार १८:१७, हङकङ

हङकङको ग्रेटर बे एयरलाइन्सले ठूलो संख्यामा उडानहरू रद्द गरिरहेको छ। रद्दका कारण जापानको योनागो र टोकुशिमा जाने रुटहरू बढी प्रभावित भएका छन्।

नयाँ विमानको डेलिभरीमा ढिलाइ र भइरहेकाको अनिवार्य सुरक्षा निरीक्षणका कारण उडानहरू रद्द गर्नुपरेको विमान कम्पनीले जनाएको छ।

कम्पनीको यो निर्णयसँगै फेब्रुअरी र मार्चका निर्धारित उडान रद्द र पुन: तालिकाबद्ध गरिएको म्यासेजले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।

योनागो र टोकुशिमा बाहेक हङकङ र जापानको सेन्डाई, टोकियो तथा ओसाका बीचको उडानहरू पनि रद्द भएका छन्।

सञ्जालमा देखिएका कमेन्टमा, रद्द गरिएका योनागोबाट हङकङ आउने उडानमा केही यात्रुलाई ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन सुझाव दिइएको देखिन्छ।

उडान रद्दका बारे एयरलाइन्सको वेबसाइटमा उल्लेख भएअनुसार, दक्षिण कोरियाको सियोल उडान जनवरी र फेब्रुअरीको सुरुमा उपलब्ध छन् तर फ्रिक्वेन्सी उल्लेखनीय रूपमा घटाइएको छ। मार्चका लागि कुनै उडान तय गरिएको छैन।

एयरलाइन्सले उल्लेख गरेअनुसार, नयाँ विमानको डेलिभरीमा भएको ढिलाइ र भइरहेका फ्लिटमा आवश्यक सुरक्षा निरीक्षणका कारण उडान तालिका प्रभावित भएको हो। जसका कारण केही रुटमा समायोजन र केही उडान रद्द गरिएका छन्।

एयरलाइन्सले प्रभावित यात्रुहरूसँग माफी मागेको छ। साथै, टिकट प्रतिस्थापन र फिर्ताको व्यवस्था गरिएको तथा सम्बन्धित शुल्कमा छुट दिइएको बताएको छ।

प्रभावित यात्रुलाई यथेष्ट सहयोग पुगोस् भन्ने हेतुले आफ्ना ग्राहक सेवा केन्द्रमा कर्मचारी बढाएको पनि कम्पनीले जनाएको छ।

हाल एयरलाइन्सका आठ बोइङ७३७ विमानहरूमार्फत टोकियो, ओसाका, टोकुशिमा, योनागो, सेन्डाई, सियोल, ताइपेई, बैंकक र जुशानसहित १२ रुट सञ्चालन छन्। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .