हङकङ : बेवारिसे शव भेटिएपछि डिज्नील्यान्डको मनोरञ्जन केन्द्र अनिश्चितकालका लागि बन्द

हङकङ : बेवारिसे शव भेटिएपछि डिज्नील्यान्डको मनोरञ्जन केन्द्र अनिश्चितकालका लागि बन्द

मनोरञ्जन केन्द्रमा प्रहरीले अनुसन्धान थालेको छ (एससीएमपी)


नेपालखबर
माघ १४, २०८१ सोमबार १२:२७, हङकङ

हङकङको डिज्नील्यान्डमा रहेको कृत्रिम तालनजिक जलेको शव भेटिएपछि ‘इन्स्पिरेसन लेक रिक्रिएसन सेन्टर’ अनिश्चितकालका लागि बन्द गरिएको छ।

लान्ताउ टापुमा रहेको यो ताल हङकङ डिज्नील्यान्ड रिसोर्टबाट करिब एक किलोमिटरको दूरीमा छ। १२ हेक्टर जमिनमा फैलिएको यस मानव निर्मित ताललाई मनोरञ्जन केन्द्रका रूपमा लिइन्छ। दैनिक खुला रहने यस केन्द्रमा बेवारिसे शव भेटिएपछि अनिश्चितकालका लागि बन्द गरिएको हो।

‘अर्को सूचना नआएसम्मका लागि इन्स्पिरेसन लेक रिक्रिएसन सेन्टरले आफ्नो सञ्चालन स्थगित गर्नेछ,’ हङकङ डिज्नील्यान्डको वेबसाइटमा सूचना प्रकाशित छ।

रुखको फेदमा शव भेटिएको थियो (द स्ट्यान्डर्ड)

ताल घुम्न गएका एक जोडीले आइतबार रूखको फेदमा शव देखेका थिए। यसपछि उनीहरूले केन्द्रका कर्मचारीलाई खबर गरे भने केन्द्रका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

आइतबार दिउँसो साढे ३:३० बजे केन्द्रका कर्मचारीबाट रिपोर्ट आएको प्रहरीले बताएको छ। प्रहरी र अग्नि सेवा विभागका अधिकारीहरूले रिक्रिएसन सेन्टरभित्र अनुसन्धान थालेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा शवको माथिल्लो भागमा जलेको दाग देखिएको छ। तालको किनारमा भेटिएको शवका साथ कुनै पनि वस्तु वा निशाना फेला नपरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .