हङकङको शेङसुईमा रहेको नामफङ ज्वेलरीमा बुधबार लुटपाट भएको छ। लुटपाटमा संलग्न चार जनामध्ये एक २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार छन्।
प्रहरीले बिहीबार बताएअनुसार पक्राउ परेका व्यक्ति गैरचिनियाँ हुन् भने अन्यको खोजी भइरहेको छ।
संन्दिग्धसँगै प्रहरीले चोरीका केही सामान पनि बरामद गरेको छ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा देखिएअनुसार, पृष्ठभूमिमा अलार्म बजिरहेको हुन्छ, त्यसै बखत कालो सर्ट र मास्क लगाएका चार जना व्यक्तिले पसलमा चोरी गरिरहेका हुन्छन्।
चोरीको रिपोर्ट प्रहरीले बुधबार साँझ साढे ६ बजे पाएको थियो। यसपछि खोजी गर्ने क्रममा १ जना पक्राउ परेका हुन्।
सन्दिग्धहरू सामान चोरेपछि कालो कारमा भागेका थिए। जुन ताइपोतर्फ गएको देखिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
त्यस्तै, स्रोतलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार बेलुका ७ बजेतिर लामकाम रोडमा उक्त कार अर्को कारसँग ठोकिएको थियो। दुर्घटनापछि सन्दिग्धहरू पैदल भागेका थिए।
पक्राउ परेका व्यक्ति प्याट ह्युङमा समातिएका हुन्।



Shares

प्रतिक्रिया