२०२४ मा हङकङेलीको सर्वाधिक चासोमध्ये मेस्सीको ‘नो शो’ पनि

यी हुन् सर्वाधिक खोजी गरिएका अन्य
२०२४ मा हङकङेलीको सर्वाधिक चासोमध्ये मेस्सीको ‘नो शो’ पनि

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी (फ्लिकर)


नेपालखबर
पुस ११, २०८१ बिहिबार १४:५९, हङकङ

सन् २०२४ मा हङकङका बासिन्दाले सर्वाधिक गुगल सर्च गरेका विषयमध्ये अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सी, जिम चेन फिजिकल, डोनाल्ड ट्रम्प र बक्स अफिस हिट चलचित्र ‘द लास्ट डान्स’ आदि रहेका छन्।

खोज इन्जिन गुगलको वर्षको अन्त्यको रिपोर्टले यी कुरा देखाएका हुन्।

यस वर्षको फेब्रुअरीमा अर्जेन्टिनाका स्टार र उनको अमेरिकी फुटबल क्लब इन्टर मियामी स्थानीय टोली विरुद्धको मैत्रीपूर्ण खेलका लागि हङकङ आएको थियो। तर, उक्त खेलमा मेस्सीले खेलेनन्।

मेस्सीको खेल हेर्नको लागि व्यग्र प्रतीक्षामा रहेका उनका फ्यानहरू उनले नखेलेपछि निकै निराश भएक थिए। उनको यो कदमविरुद्ध व्यापक विरोध पनि भयो।

उपभोक्ता परिषद्ले दिएको तथ्यांकअनुसार मार्चको मध्यसम्ममा यसप्रतिको गुनासो १,४६५ प्राप्त भएको बताएको छ, जसमध्ये ३०२ गुनासा पर्यटकबाट आएका थिए।

सर्वत्र विरोधपछि खेल आयोजना गर्ने ट्याटलर एसियाले हङकङ डलर १ करोड ६० लाख सरकारी अनुदान गुमाएको थियो भने टिकटको ५० प्रतिशत मूल्य फिर्ता गर्ने घोषणा गरेको थियो।

यसैगरी, हङकङको फोहोर कर योजना पनि तेस्रो सबैभन्दा धेरै खोजिएको स्थानीय समाचार बन्न पुगेको छ।

सहरको सबैभन्दा ठुलो जिम चेन ‘फिजिकल’ बन्दको समाचार पनि मानिसहरूको चासोको विषय बन्यो। उच्च भाडालाई कारण देखाउँदै चेनले सेप्टेम्बरमा आफ्ना २३ वटै चेन बन्द गर्ने निर्णय लिएको थियो।

उच्च भाडाको कारण दर्शाउँदै सेप्टेम्बरमा ‘अस्थायी बन्द’को घोषणा गरिएपछि हङकङको ताइकुमा रहेको जिम चेन ‘फिजिकल’को शाखा बन्द भएको छ (एचकेएफपी)

प्ले ब्याडमिन्टन
‘प्ले ब्याडमिन्टन’ शब्द खोजीको दोस्रो शीर्ष स्थानमा छ। शिक्षा ब्युरोले नागरिकता, अर्थशास्त्र र समाज नामक नयाँ विषयको लागि शिक्षण स्रोत प्रकाशित गरेपछि यो शब्द चर्चामा आएको हो।

किशोरकिशोरीहरू ब्याडमिन्टन खेल्ने जस्ता गतिविधिमा लाग्दा ‘यौन आवेग’ रोक्न सकिने जस्ता अवधारणासहित ब्युरोले उक्त शब्द पाठ्यक्रममा समावेश गरेको थियो।

पेरिस ओलम्पिक
हङकङले पेरिसमा भएको ओलम्पिकमा दुई स्वर्ण र दुई कांस्य पदक जित्यो। पदक विजेताहरू फेन्सर भिभियन कोङ र एडगर चेङ तथा पौडीबाज सिओभान हाउगे तीन स्थानीय गुगल खोजीको केन्द्रविन्दुमा रहे।

फेन्सर भिभियन कङ (बायाँ), पौडीबाज सिओभान हाउगे (बीच) र सिन्डी हङकङको झन्डा सहित जनतालाई अभिवादन गर्दै (एचकेएफपी)

बक्सिङमा ताइवानलाई पहिलो ओलम्पिक स्वर्ण पदक दिलाएकी ताइवानकी लिन यु-तिङले पनि यस श्रेणीको खोजीमा प्रभुत्व जमाइन्। भलै उनी लिङ्गको विवादमा परेकी थिइन्। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक समितिले उनी महिलाको रूपमा जन्मिएको र हुर्केको निष्कर्ष दियो।

बक्स अफिसमा हिट
दुई स्थानीय चलचित्रहरू ‘ट्वाइलाइट अफ द वारियर्स: वाल्ड इन’ र ‘द लास्ट डान्स’ यस वर्ष दोस्रो र चौथो शीर्ष ट्रेन्डिङ किवर्डमा परे। दुवै चलचित्र बक्स अफिसमा हिट भएका छन् र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिएका छन्।

चलचित्र ‘द लास्ट डान्स’को प्रचार सामग्री (फेसबुक/द लास्ट डान्स)

सन् १९८० को दशकमा काउलुन वाल्ड सिटीमा सेट गरिएको ‘ट्वाइलाइट अफ द वारियर्स: वाल्ड इन’ले गिरोहले भरिएको एन्क्लेभमा एक अवैध आप्रवासीलाई चित्रण गर्दछ।

त्यस्तै, द लास्ट डान्सले अन्त्येष्टि योजनामा केन्द्रित विवाह आयोजकमार्फत जीवन, मृत्यु र समाधान नगरिएको आघातसँग शान्ति स्थापना गर्ने विषयवस्तुहरूमा छलफल गर्दछ।

अमेरिकी चुनाव
नोभेम्बरमा भएको अमेरिकी चुनाव पनि शीर्ष ट्रेन्डिङ पर्‍यो। यसले विश्वव्यापी समाचार खोजमा प्रभुत्व जमायो। दुई उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिस चौथो र सातौँ सबैभन्दा धेरै खोजिएका अन्तर्राष्ट्रिय व्यक्तित्व थिए।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प (फेसबुक)

यसैगरी, जनवरीमा भएको ताइवानको चुनाव पनि विश्वव्यापी समाचार खोजमा चौथो स्थानमा परेको थियो। यद्यपि, उम्मेदवारहरूमध्ये केवल एक उम्मेदवार डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका विलियम लाइ चिङले मात्र अन्तर्राष्ट्रिय व्यक्तित्वको शीर्ष १० खोजमा आफूलाई स्थापित गरे।

अन्तर्राष्ट्रिय सेलिब्रिटी
टेलर स्विफ्ट र कोल्डप्ले क्रमशः शीर्ष ट्रेन्डिङ ग्लोबल सेलिब्रेटीको सूचीमा पहिलो र दोस्रो स्थानमा रहे।

यस वर्षको सुरुमा स्विफ्टको अन्तर्राष्ट्रिय भ्रमणको एक भागको रूपमा सिंगापुरमा गरिएका ६ वटा कार्यक्रमले यस क्षेत्रका प्रशंसकलाई आकर्षित गर्‍यो। कोल्डप्लेले अप्रिलमा हङकङमा ४ वटा कार्यक्रमको घोषणा गर्‍यो।

गएको सेप्टेम्बरमा आयरल्यान्डको डब्लिनमा कोल्डप्ले (फेसबुक/कोल्डप्ले)

सेलिब्रिटी खोजको सूचीमा उदीयमान कोरियाली केटी समूह आईएलएलआईटी तेस्रो स्थानमा रह्यो। दक्षिण कोरियाली कलाकारहरू किम जी-वोन र किम सु-ह्युन पनि सूचीको शीर्ष स्थानमा रहन सफल भए।

ताइवानी टिभी होस्ट मिकी हुआङ पाँचौँ सबैभन्दा धेरै खोजिएको अन्तर्राष्ट्रिय सेलिब्रेटी बनिन्। जसलाई यस महिनाको सुरुमा नाबालिगहरूको यौन तस्बिर राखेको आरोपमा आठ महिनाको जेल सजाय सुनाइएको थियो। (एचकेएफपीबाट)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .