बिहीबार बिहान हङकङको साइकुङ पदमार्गमा बेहोस भेटिएका व्यक्तिको मृत्यु भएको छ।
बिहान करिब साढे १० बजे पदमार्गमा एक व्यक्ति बेहोस अवस्थामा भेटिएपछि अन्य पदयात्रीले प्रहरीलाई खबर गरेका थिए। उनीहरूले हाइ आइल्यान्ड रिजर्भियर इस्ट ड्यामबाट लङकि वानसम्मको पदयात्रा गर्ने क्रममा बिउचिम कक ट्रेलमा पाल (टेन्ट) नजिकै मानिसलाई बेहोस अवस्थामा भेटेका थिए।
प्रहरीले सरकारी हेलिकप्टरमार्फत उनलाई तत्काल पामेला युड नेदरसोल पूर्वी अस्पतालमा पुर्याएको थियो। तर, अस्पतालले ११ बजे मृत घोषित गर्यो।
हो थर गरेका मृतक ५०-६० वर्षका रहेको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।
189
Shares

प्रतिक्रिया