Nepal Khabar TV


हामी यसपालि विश्वकपमा पुग्छौँ, दिदीहरुको सपना पूरा हुनेछ : क्रिकेटर पूजा महतो (भिडिओ)


नेपालखबर
जेठ १९ , काठमाडौँ

हालै आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगितामा ऐतिहासिक सफलता प्राप्त गर्दै नेपाली राष्ट्रिय महिला टोली स्वदेश फर्किएको छ। यतिखेर यो टोलीको उपकप्तान छिन्, पूजा। अन्डर १९ को कप्तान हुँदा नेपाललाई विश्वकपमा पुर्‍याइन्, सिनियर टोलीमा उपकप्तान हुँदा ग्लोबल छनौटमा। 

‘एकदमै राम्रो र खुसी महसुस भइरहेको छ,’ पूजा भन्छिन्, ‘यसमा दिदीहरूको १८ वर्षको मेहनत र लगाव थियो। बल्ल त्यसको परिणाम आयो, हामी सबै खुसी भएका छौँ। अब विश्वकप पनि यहीबेला खेल्ने मन र सपना छ। अझ मभन्दा पनि हाम्रो सिनियर दिदीहरूको सपना पूरा भएको हेर्न मन छ।’ 

यसपटक सिनियर टोलीबाट पनि विश्वकप पुग्नेमा विश्वस्त छिन् पूजा। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले पनि राम्रो सहयोग गरिरहेको बताउँछिन्। 

‘क्यानले स्टेपअप गरिरहेको छ,’ उनले भनिन्, ‘दिल्ली टुर पनि गराउनुभयो। अझै राम्रो तयारी पाउँछौँ होला। पहिलेभन्दा धेरै सुधार भइरहेको छ, महिला क्रिकेटमा। हामीलाई फिटनेस एकदमै आवश्यक छ। विराट कोहली फिटनेसकै कारण त्यहाँसम्म पुग्नुभएको हो। क्यानले पनि अहिले फिटनेस ट्रेनर दिएको छ। विस्तारै प्रगति हुने हो। मलाई विश्वास छ, हामी यसपालि पूरै ज्यान दिएर खेल्नेछौँ र विश्वकपमा पुग्नेछौँ।’

हेर्नुहोस् ‘लेट्स टक’, जहाँ पूजाले आफ्नो बाल्यकाल, क्रिकेट करिअर–किस्सा, सम्बन्ध आदिबारे खुलेर बोलेकी छन् :

जेठ १९, २०८२ सोमबार १६:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad