काठमाडौँ महानगरका मेयर बालेन शाह र महानगरका प्रवक्तासमेत रहेका वडा न. १७ का वडाध्यक्ष नवीन मानन्धरबीचको सम्बन्ध गत चैत २१ गतेसम्म ‘हार्दिक’ नै थियो। मानन्धरको भनाइमा स्वतन्त्र जितेका मेयर शाहलाई सहज हुनेगरी उनले कांग्रेस र एमालेसँग मध्यस्थता गरिरहेकै थिए।
तर, जब उपमेयर सुनिता डंगोलसहित महानगरका वडाध्यक्षहरू र कर्मचारीले बालेनले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा फिर्ता ल्याए, त्यस दिनयता प्रवक्ता मानन्धरसँग बालेनको खटपट सुरु भएको हो।
मेयरसँग खटपट बढेपछि दुई साताअघि सूचनाप्रविधि समितिबाट निकालिएका मानन्धर अहिले फेरि स्पष्टीकरण सोधिएका कारण चर्चामा छन्। एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा बालेनबारे व्यक्तिगत टिप्पणी गरेको आरोपमा उनलाई जेठ ८ गते स्पष्टीकरण सोधिएको हो।
‘योहो टीभीमा बोलेको कुराले व्यक्तिगत जीवनमा हानि पुर्याएको भन्ने छ। मैले त जे सोधिएको थियो, त्यहीअनुसार जवाफ दिएको हो,’ प्रवक्ता मानन्धरले आइतबार नेपालखबर ‘तत्कालै’मा भने, ‘यो सबै हेर्दा काठमाडौँ महानगरको प्रमुख विश्वमै परिचित भइसकेको व्यक्तिको प्रतिद्वन्द्वी त नवीन मानन्धर पो रहेछ भन्ने कताकता हावा आयो कि जस्तो लाग्यो।’
बालेनसँगको द्वन्द्व र महानगरबारे उनले थप के–के भने त ? हर्नुहोस्, नेपालखबर ‘तत्कालै’:

प्रतिक्रिया