Nepal Khabar TV


यसकारण विपिन छाड्न बाध्य भए बलिउडको सुपरहिट फिल्म ‘एनिमल’ (भिडिओ)


नेपालखबर
बैशाख २२ , काठमाडौँ

विपिनकी आमा दीर्घरोगले पीडित थिइन्। रिलमा त्यस्तो दृश्यको छायांकन गरेको एक सातामै उनकी आमा बितिन्। त्यसपछि उनले साँच्चै आमाको अन्त्येष्टि गरे। 

‘मेरो जीवनको यस्तो घटनासँग यो फिल्म जोडिएको छ कि म सम्झिन पनि चाहन्नँ तर बिर्सिन पनि सकिँदैन,’ नेपालखबर सो लेट्स टकमा विपिनले भावुक हुँदै त्यो घटना सम्झिए, ‘म काठमाडौँ फर्किएपछि केही दिन आमासँग बसेँ। त्यसपछि आमा बित्नुभयो। त्यस्तै सिन गर्दागर्दै कसरी यस्तो भयो, अन्त्येष्टिपछि लामो समयसम्म यो संयोग मेरो दिमागमा खेलिरह्यो। अहिले पनि झस्किन्छु कहिलेकाहीँ।’

विपिनका कारण यो फिल्मको सुटिङ रोकिएको यो पहिलोपटक थिएन। यसअघि जेठमा सुरु भएको सुटिङ पनि उनकै कारण १५ दिनपछि रोकिएको थियो। 

‘मेरै कारणले थियो त्यो पनि,’ विपिन भन्छन्, ‘सुटिङ गर्दागर्दै एक्कासि मेरो प्रेसर हाइ भएर उपचारका लागि काठमाडौंँ आउनुपरेको थियो। ट्रेलरमा देख्नुभयो होला, त्यो छानो छाइरहेको सिन छ नि, माथि चढेको। हाइटले गर्दा डर लागेको हो कि के हो, कहिल्यै त्यस्तो हुँदैन थियो। एक्कासि गाह्रो भयो। खाना खाएर डाक्टरले चेक गर्दा अहिले नै हस्पिटल जानुपर्छ, अस्वाभाविक प्रेसर बढिरहेको छ भन्नुभयो। काठमाडौँमा मेरो डाक्टरलाई फोन गर्दा उहाँले जसरी पनि आएर चेकअप गराएर जानुस् भन्नुभयो। त्यसपछि सुटिङ रोक्नुपर्‍यो।’

धेरैलाई थाहा नहुनसक्छ, बलिउडको ब्लकबस्टर फिल्म ‘एनिमल’का लागि विपिनलाई अफर आएको थियो । तर, अन्तिम समयमा उनले यो फिल्म छाड्नुप-यो । कुन भूमिकाका लागि अफर आएको थियो र किन छाड्नुप-यो ?

विपिनले ‘लेट्स टक’मा यसको विस्तृत कारण खुलाएका छन् । हेर्नुस् पूरा भिडिओः

बैशाख २२, २०८२ सोमबार २१:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad