नेपालखबर लेट्स टकमा हामीले ज्ञानेन्द्र शाहीलाई सोध्यौँ– ‘कहिलेकाहीँ थाकेर राजनीति छाडौँ भन्ने सोच आएको छ?’
कुराकानीका क्रममा शाही मुआ (आमा)र बुबाको निधन सम्झिएर भक्कानिए। ‘मुआलाई क्यान्सर भएको थियो, म घर भेट्न गएको थिएँ,’ शाहीले आँखाभरी आँशु पार्दै भने, ‘उहाँको आँखामा आँशु देखेर यति पीडा भयो कि घरबाट निस्किएँ। घरबाट निस्किएको ५ दिनपछि उहाँको स्वर्गवास भयो। अन्तिम पटक उहाँसँग हुन पाइनँ।’
जीवनको अन्तिम क्षणमा मुआसँग हुन नपाएकोमा उनलाई पछुतो छ। ‘जीवनमा मुआलाई बचाउन सकिएन,’बुबाको निधनको ४५ दिनपछि नेपालखबरको लेट्स टकमा कुरा गर्दै उनले भने, ‘अहिले बुबालाई सकिएन। बुबाले जाँदाजाँदै भन्नुभयो– सबै ग¥यौ तर बाँच्न सकिएन। अहिले दुवैजनाले माथिबाट हेरिरहनुभएको छ भन्ने लाग्छ।’
पूरा भिडियो :

प्रतिक्रिया