फिल्म चलिरहेकै बेला ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टरको महाभूकम्प गयो। भूकम्पले फिल्मको व्यापारलाई पनि ठूलो धक्का दियो। सायद विनयको मनमा चसक्क बिझ्यो। यद्यपि विनय त्यसमा पछुतो मान्दैनन्।
‘बल्ल मेरो दिन आयो भन्ने लागेको थियो तर मलाई पछुतो छैन,’ विनय महाभूकम्प सम्झिँदै भन्छन्, ‘त्यतिबेला म मात्रै होइन, पूरा देश नै समस्यामा परेको थियो। मैले कहीँ भनेको छैन तर भूकम्प जानेबित्तिकै मैले चिनेको हलहरूमा फोन गरेर ठिक छ कि छैन भनेर सोधेका थिएँ। त्यति मानवता ममा रहेछ। फिल्म त अर्को गरौँला, एक्टिङ त फेरि पनि गरौँला तर हलमा जाने दर्शक र हलमा काम गर्नेहरूको अवस्था कस्तो छ भनेर सोधेको थिएँ। तीनचारजना चिनेका हल सञ्चालकहरूलाई फोन गरेको थिएँ।’
फागुन ११, २०८१ आइतबार १४:३२

प्रतिक्रिया