१.
आउला भनी
कुर्दै छन् बाबुआमा
फर्केर चरो।
२.
प्राज्ञिक थलो
फोहोरी राजनीति
तेरो र मेरो ।
३.
कानुनी ज्ञाता
न्यायालय फेस्बुक
यी न्यायाधीश।
४.
नेपथ्य हेरौं
मुसा–बिरालो खेल
मैत्रीपूर्ण छ।
५.
गृह मन्त्राणी
कडा छ प्रशासन
सधैंको कर्फ्यु।
६.
प्वाँख पलायो
कमिला कता छन् खै?
बेपत्ता बीउ।
७.
कवि हुनु छ?
बन्नुहोस् लौ गफाडी
नो, नो कविता।
८.
कपडा बच्यो
बरु छाला बच्दैन
प्रदर्शनी छ।
९.
नाम मीठो छ
नजर पूँजीवादी
समानता खै?
१०.
समाजवाद
एउटा मीठो भ्रम
पूरा नहोला?
११.
ल्याइयो लडी
छैन आउन बाँकी
बाँकी हत्कडी।
१२.
छैन चौतारी
कचहरी काँ बसौँ
विकासे युग ।
प्रतिक्रिया